अखिल (क्रान्तिकारी) मकवानपुरको दोश्रो पूर्ण बैठक सम्पन्न

कार्य विभाजन, मास परिचालन, टीम व्यवस्थापनका साथै अन्य महत्वपूर्ण निर्णय

अखिल (क्रान्तिकारी) मकवानपुरको दोश्रो पूर्ण बैठक सम्पन्न

मकवानपुर । नेकपा निकट अखिल (क्रान्तिकारी) मकवानपुरको २३ औं जिल्ला सम्मेलन पश्चात दोश्रो पूर्ण बैठक हेटौडा स्थित मकवानपुर बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ  । बैठक नयाँ कार्ययोजना सहित संगठन सुदृढीकरण र विस्तार गर्दै दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनको तयारीमा जुट्न जिल्ला इन्चार्ज राम घलान (वाटर)को प्रमुख आतिथ्यतामा बसेको हो । 

बैठकका प्रमुख अतिथि वाटरले अखिल (क्रान्तिकारी) मकवानपुरको २३ औं जिल्ला सम्मेलन सम्पन्न गर्न सफल भएकोमा विद्यार्थी संगठन र नव निर्वाचित कार्य समितिलाई धन्यवाद साथै बधाई तथा शुभकामना दिएका थिए । उनले संगठनको कार्यदिशा तथा योजनालाई सम्पूर्ण विद्यार्थी हुँदै आम नेपाली जनतासम्म पुर्याउनका लागि नगर र ग्रामीण भेगका सम्पूर्ण स्कुल , कलेजहरूमा पुगि विद्यार्थीहरुलाई संगठित गर्दै संगठनलाई सुदृढ तथा मजबुद बनाउन अनुरोध गरेका थिए । उनले वैशाख १५ देखि १७ गतेसम्म हुँदै गरेको दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनको तयारीमा जुट्न र प्रत्येक जिल्ला समिति सदस्यहरु राजनीतिक तथा वैचारिक रुपमा स्पष्ट हुँदै वैज्ञानिक समाजवाद सम्म पुग्ने एकीकृत जनक्रान्तिको मार्गमा सशक्त रुपमा लामवद्ध हुन पनि आह्वान गरेका थिए । 

विवेक घलानको अध्यक्षतामा बसेको उक्त बैठक कार्य विभाजन, मास परिचालन, टीम व्यवस्थापनका साथै अन्य महत्वपूर्ण निर्णयका साथ समापन भएको बताइएको छ ।