बैशाख ६, बुटवल । सरकारमा रहेको नेकपा एमालेभित्र तीव्र विवाद, कारवाही, तीव्र विवाद र अघोषित फुटको अवस्थामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव आएको छ । सोमबार नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । पोखरेल विरुद्ध अविश्वास प्रस्तावसँगै नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ ।
पोखरलेलाई मुख्यमन्त्रीबाट हटाउनका लागी ४१ सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको बताइएको छ । लुम्बिनी प्रदेशसभामा ८७ सांसद रहेका छन् । जसमा सत्तारुढ नेकपा एमालेका ४१ सांसद छन् । बहुमतका लागि कम्तीमा ४३ सांसद आवश्यक पर्छ । यस्तौ माओवादी केन्द्रले आफ्ना दुई सांसदमाथि कारवाही गरेको छ । प्रदेशसभामा माओवादी केन्द्रका सभामुखबाहेक १७, नेपाली काँग्रेसका २० र जसपा नेपालका ६ सांसद छन् । कर्णाली प्रदेशमा जस्तै लुम्बिनीमा फ्लोस क्रश हुने खतरा उत्तिकै रहेको छ ।
दुई मन्त्रीको राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बरालले राजीनामा दिएका छन्। केसीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ।
‘एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओलीबाट कम्युनिष्ट आन्दोलनको एकीकरण र जनभावना विपरित आफ्ना कदमहरू निरन्तर अघि बढाइरहेकाले उक्त कमदको समर्थन गर्दै सरकारमा बसिरहन हाम्रो बिचार, दृष्टिकोण र नैतिकताका हिसावले नमिलेकाले मन्त्री पदबाट राजीनामा दिएका छौं’ मन्त्रीद्वयले राजीनामा पत्रमा उल्लेख गरेका छन्।
जसपाका ४ सांसद मन्त्री बन्दै , आजै सपथग्रहण हुने
लुम्बिनी प्रदेश सरकारमा चार जना मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अबिस्वास प्रस्ताव दर्ता गरेको दुइघण्टा नबित्दै जनता समाजवादी पार्टीका सांसदहरु पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने भएका हुन् । माओवादी केन्द्रका दुइजना मन्त्रीले राजिनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक बिकास मन्त्रालय संगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागेका हुन् ।
लुम्विनी प्रदेश सरकारले सामाजिक बिकास मन्त्रालय बिभाजन गरेर अरु २ मन्त्रालय बनाउने तयारी गरी रहेको छ । नियुक्त हुने मन्त्रीहरुको सोमबार नै सपथ ग्रहण गराउने तयारी गरिएको हो । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका साम्सदहरु बिजय यादव सन्तोष पाण्डे र कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने टुंगो लागि सकेको छ ।
प्रतिक्रिया राख्नुहोस्