Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
‘संसदीय व्यवस्थाबाट युवाहरूको निकास सम्भव छैन’ : विश्लेषण - Janabato

‘संसदीय व्यवस्थाबाट युवाहरूको निकास सम्भव छैन’ : विश्लेषण

युवाहरू एकजुट भएर दलालहरूको विरुद्धमा संघर्ष गर्नुपर्ने

‘संसदीय व्यवस्थाबाट युवाहरूको निकास सम्भव छैन’ : विश्लेषण

युवा संगठन नेपाल लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले वर्तमान दलाल संसदीय व्यवस्थाबाट युवाहरूको निकास सम्भव नभएको बताएका छन् ।

बुधबार युवा संगठन नेपाल कपिलवस्तु अन्तर्गत विजयनगर गााउँपालिकाको प्रथम भेलालाई सम्बोधन गर्दै विश्लेषणले भने, ‘युवाहरूको सम्पूर्ण समस्याको पूर्ण निकास वैज्ञानिक समाजवादले दिन्छ । असफल संसदीय व्यवस्थाको कारणले देशका सम्पूर्ण युवाहरूमा वितृष्णा र निराशा पैदा भएको छ । देशमा किसान, मजदुर र आम श्रमिक जनता, युवाहरूको समस्यामा कुनै फेरबदल भएको छैन, यो दलाल संसदीय व्यवस्थालाई निमित्यान्न पानुपर्छ, खरानी पार्नुपर्छ ।’

उनले सम्पूर्ण देशभक्त र प्रगतिशिल जुझारू युवाहरू एकजुट भएर दलालहरूको विरुद्धमा संघर्ष गर्नुपर्ने बताए । उनले वर्गविभाजित समाजको अन्त्य गरी समानतामुलक समाज निर्माणको लागि वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताए ।