दलालहरूको विरुद्धमा संघर्ष गरौं !

युवा संगठन नेपाल अर्घाखाँचीको चौथो भेला

दलालहरूको विरुद्धमा संघर्ष गरौं !

युवा संगठन नेपाल केन्द्रीय समितिका सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले दलाल र दलाल संसदीय व्यवस्थाको विरुद्धमा कडा संघर्ष गर्नुपर्ने बताएका छन् । 

शुक्रबार सम्पन्न युवा संगठन नेपाल अर्घाखाँचीको चौथो जिल्ला भेलाललाई सम्बोधन गर्दै विश्लेषणले संसदीय व्यवस्थाले देशलाई निकास दिन नसक्ने बताए । उनले युवाहरुले अब देश निर्माण र समाज परिवर्तनको परिकल्पनाको बारेमा सोच्नुपर्ने बताउँदै क्रान्तिकारी विचार भएको खण्डमा परिवर्तन सम्भव भएकोले सम्पूर्ण देशभक्त, प्रगतिशिल युवाहरू एकजुट भएर दलालहरूको विरुद्धमा संघर्ष गर्नुपर्ने बताए ।

विश्लेषणले वर्गभिाजित समाजको अत्य गरी समानतामुलक समाज निर्माणको लागि वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्नेमा जोेड दिए । उनले आफूहरुले प्रचण्ड–बाबुरामले फोहोरमा फालेको झण्डा उठाएर नयाँ क्रान्तिको सुरुवात गरेकाले सम्पूर्ण युवाहरु एक भएर सहिदका सुन्दर सपनाहरू पूरा गर्न एकिकृत जनक्रान्तिलाई सम्पन्न गर्नुपर्ने बताए ।