रुपन्देहीमा ७४५ संक्रमित थपिए, ९ को मृत्यु

बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ७४५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने  ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरमा आज ३२८ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै तिलोत्तमामा १५० जना, सिद्धार्थनगरमा ९७ जना, सैनामैनामा ५६ जना, देवदहमा ३१ जना र ओमसतियामा २३ जना संक्रमित थपिएका छन् ।

त्यसैगरि सुद्धोधनमा १८ जना, सियारीमा १३ जना, मायादेबीमा १२ जना, कञ्चनमा ७ जना, गैडहवा र रोहिणीमा ४/४ जना तथा मर्चवारी र लुम्बिनी साँस्कृतिक नगरमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । रुपन्देहीमा हालसम्म १६ हजार ९८ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १० हजार ३६७ जना निको भएका छन् भने हाल ५ हजार ४८९ जना कोरोनाका संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।