तिलोत्तमा । तिलोत्तमा नगरपालिका वडा नम्बर–५, मणिग्राम निवासी गिरिशमणि आचार्य 'दीक्षित' र सोही वडा मणिग्राम निवासी शोभाखर तिमिल्सिनाले जेठ महिनाको घरभाडामा ५० प्रतिशत छुट गरेका छन् ।
गिरिशमणि आचार्य दीक्षितको ६० वटा र शोभाखर तिमिल्सिनाको ८ वटा सटरहरु व्यावसायिक प्रयोजनका लागि भाडामा लगाइएको थियो । निषेधाज्ञाले गर्दा सबै व्यवसायीहरूलाई पर्न गएको असरलाई मध्यनजर गरेर केही राहत होस भनी छुट दिएको उनीहरुले बताएका छन् । साथै उनीहरूले २/२ वर्षमा १० प्रतिशत घरभाडामा थप गर्ने समय २०७८ बैशाखमा पूरा भएको र अहिलेको जटिल अवस्थालाई मध्यनजर गरेर यो वर्ष थप नगर्ने बताएको तिलोत्तमा चेम्बर अफ कमर्सका कार्यालय प्रमुख रामु सापकोटाले जानकारी दिए ।
Tags :
सम्बन्धित खवर
दलित मुक्ति मोर्चा कञ्चनपरको प्रथम सम्मेलन सम्पन्न
५ वर्ष अगाडि
युवा संगठन नेपाल स्याङ्जाको प्रथम भेला
५ वर्ष अगाडि
पत्रकार महासंघ कैलालीको अध्यक्षमा जोशी निर्वाचित
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्