बुटवल । नेकपा निकट अखिल (क्रान्तिकारी) ले कोभिड विरुद्धको भ्याक्सिन सबैलाई निःशुल्क देऊ भन्दै देशभर प्रदर्शन गरेको छ । सोमबार राष्ट्रिय जागरण मञ्च र अखिल (क्रान्तिकारी) को संयुक्त आयोजनामा काठमाडौँको माइतीघर अगाडि प्रदर्शन गरेको थियो । कोभिड विरुद्धको भ्याक्सिन सबै नागरिकलाई तत्काल उपलब्ध गराउन माग गर्दै प्रदर्शन गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय जागरण मञ्चका अध्यक्ष गुणराज लोहनी र सङ्गठनका महासचिव प्रकाश शाहीले सम्बोधन गर्दै कोरोनाबाट सबै नागरिकलाई निःशुल्क दिने दायित्व राज्यले पूरा गर्नुपर्ने बताए ।
त्यस्तै अखिल (क्रान्तिकारी) ले दाङ, कपिलवस्तु, अर्घाखाँची लगायत जिल्लामा पनि निःशुल्क कोरोना भ्याक्सिन र स्वास्थ्य उपचारको लागि दबाबमूलक प्रदर्शन गरेको थियो ।
Tags :
सम्बन्धित खवर
नेकपा गढवा–राजपुर गाउँपालिकाको बैठक सम्पन्न
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्