Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
जनपत्रकार सङ्गठन अर्घाखाँचीको अध्यक्षमा विक - Janabato

जनपत्रकार सङ्गठन अर्घाखाँचीको अध्यक्षमा विक

सङ्गठनको चौथो जिल्ला सम्मेलन सम्पन्न

जनपत्रकार सङ्गठन अर्घाखाँचीको अध्यक्षमा विक

अर्घाखाँची । नेकपा निकट जनपत्रकार सङ्गठन नेपाल अर्घाखाँचीको चौथो जिल्ला सम्मेलन सन्धिखर्कमा सम्पन्न भएको छ । उक्त कार्यक्रम नेकपाका जिल्ला सेक्रेटरी खेम घर्तीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । 

कार्यक्रममा नेता घर्तीले पत्रकारीता रुपान्तरण परिवर्तनको माध्यम भएकाले पत्रकारले समाजमा घटेका घटना, अन्याय, अत्याचार, भ्रष्टाचार लगायतका विषयमा आवाज बुलन्द गरी नागरिकलाई सुसूचित गनुपर्ने बताउँदै श्रमजिवी जनताको पक्षमा जनपत्रकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

जनपत्रकार सङ्गठन नेपालका केन्द्रीय सदस्य अनिल नेपालीले वर्तमान सरकारले प्रेस स्वतन्त्रता नागरिकको स्वतन्त्रतालाई कुन्ठित गर्नु दुखद भएको बताउँदै सबै मिलेर प्रतिवाद गनुपर्ने र पत्रकारले खोज पत्रकारीतालाई ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका भूमिकास्थान नगरपालिका, सन्धिखर्क नगरपालिका इन्चार्ज नविन खड्का, नेकपाका नेता गोविन्द खनाल, अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष बाबुराम नेपाली, उपाध्यक्ष पदम नेपाली लगायतले शुभकामना मन्तवय राखेका थिए । 

सम्मेलनले अयान विकको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समितिको चयन गरेको छ । जसको उपाध्यक्षमा प्रकाश भुसाल, सचिवमा सरु सुनार, सहसचिवमा महेश भुसाल, कोषाध्यक्षमा गणेश नेपाली रहेको १५ सदस्यीय जिल्ला कार्य समितिको चयन गरेको छ ।