इलाम । नेपाल कम्युनिस्ट पार्टी इलाम जिल्लाको पूर्ण बैठक सम्पन्न भएको छ । साउन ०६/०७ गते दुई दिन बसेको बैठकले राष्ट्र र जनसरोकारका विषयहरुमा विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।
बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज सुमनसिंहले आफ्नो पार्टी जनताका प्रस्तावहरुको इमानदारपूर्वक नेतृत्व गर्दै यतिबेला जनताको बिचमा आएको बताए । उनले आफ्नो पार्टी विचार, राजनिती, इमानदार नेतृत्व र बलिदानी भावमा माथि भएका कारण सबै भन्दा शक्तिशाली रहेको बताए । जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवाद र संसदीय व्यवस्थाको फैसला जनतालाई दिनुपर्ने अन्यथा जनमत जस्तो जनताको अधिकारलाइ खोसिन्छ भने सामाजिक आवश्यकताले जनमतलाई जनविद्रोहमा परिणत गर्ने र विद्रोहको नेतृत्व आफ्नो पार्टीले इमानदार भएर गर्ने सुमनसिंहले बताए ।
उनले नेपाली समाजलाई पुँजीवादले आजित बनाएको हुनाले यसको राजनीतिक रखवाला संसदीय व्यवस्थाको सम्पूर्ण रुपमा पतन भएको र यो स्थितिमा लोकतन्त्रवादी भन्नेहरु गम्भीर समीक्षा गर्दै जनमत संग्रहमा आउन डराउन नहुने बताए । आफ्नो पार्टी नेपाली समाजको संकटको समाधान वैज्ञानिक समाजवाद भएको कुरामा स्पस्ट र यो दृस्टिकोणप्रति दृढ रहेको हुनाले यसमा जनताले वैज्ञानिक समाजवादलाई विजयी गराउनेप्रति ढुक्क रहेको उनले बताए । समाजवादको कुरा गर्ने तर भ्रममा समाजवाद निर्माणको द्वार नदेखेका सबै संग समीक्षा गर्न तयार रहेको र बृहत् छलफल, अन्रक्रिया गरेर जनमत संग्रहको वातावरण निर्माण गर्ने उनको भनाई थियो । भ्रष्टाचार गर्नेहरुलाई जनकारबाही गर्न आफ्नो पार्टी तयार रहेको बताए ।
जिल्ला सेक्रेटरी मौसमले नयाँ परिस्थितिमा पार्टी आएको र इमानदार भएर जनताको नेतृत्व गर्ने भएकाले सबैलाई सहकार्य र सहयोगको अपिल गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्