Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
विश्वकर्मालगायत पत्रकारको गिरफ्तारप्रति महासंघको आपत्ति - Janabato

विश्वकर्मालगायत पत्रकारको गिरफ्तारप्रति महासंघको आपत्ति

प्रेस स्वन्त्रतामाथिको हस्तक्षेप बन्द गर्न माग

विश्वकर्मालगायत पत्रकारको गिरफ्तारप्रति महासंघको आपत्ति


पुष २१, बुटवल । नेपाल पत्रकार महासंघले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) को टोलीले तीन पत्रकारलाई नियन्त्रणमा लिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका अनुसार साेमबार महासं‌घ काठमाडौं शाखाका सचिव तथा टिभी टुडे टेलिभिजनका कार्यक्रम सञ्चालक मोहन पन्त, महासंघका केन्द्रीय पार्षद तथा सञ्चारखबर डटकम अनलाइनका सम्पादक मानध्वज लामा र आजको नयाँ संश्लेषण मासिकका कार्यकारी सम्पादक शेरबहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे।

सीआइबीले पत्रकार पन्त र लामालाई दिनभरी नियन्त्रणमा लिएर साँझ छोडेको छ भने विश्वकर्मा अहिले पनि हिरासतमा छन्। मंगलबार विज्ञप्ति प्रकाशित गरी महासंघले विश्वकर्माको रिहाइको माग गरेको छ।

‘राज्यको जिम्मेवार निकायबाट नै पत्रकारलाई नियन्त्रणमा लिएर मानसिक पीडा दिने, पेशाप्रति हतोत्साही गर्ने कार्यको महासंघ घोर भत्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ, ‘महासंघ यस घटनाको सत्यतथ्य छानविनगरी दोषिमाथि कडा कारबाहीको माग गर्दै पत्रकार तथा प्रेस स्वन्त्रतामाथिको हस्तक्षेप बन्द गर्न र स्वतन्त्र पत्रकारिताको वातावरण सृजना गर्न सरकारसँग माग गर्दछ।’