नेकपा अछामद्धारा बास्तोलाको रिहाइको माग गर्दै विरोध

गैरन्यायिक गिरफ्तारीका बिरुद्ध बिरोध सभा

नेकपा अछामद्धारा बास्तोलाको रिहाइको माग गर्दै विरोध


माघ ५, अछाम । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख श्रदय क. धर्मेन्द्र बास्तोला 'कन्चन;लगायतका कमरेडलाई वर्तमान सामाजिक फासिवादी सरकारको प्रशासनले गैरन्यायिक ढंगले गिरफ्तारीका बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी अछामले जिल्लाका विभिन्न ठाउँहरुमा बिरोध सभा कार्यक्रम सम्पन्न गरेको छ।

नेकपा अछापले केन्द्रीय संघर्षको कार्यक्रम अन्तर्गत विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा नेकपा अछामका जिल्ला नेताहरुले बास्तोला लगायत नेता कार्यकर्तालाई तत्काल रिहा नगरे राज्यले ठूलो मूल्य चुकाउनुपर्ने बताए ।

उनीहरुले दलाल राज्यसत्ताको विरुद्ध नेकपा वैकल्पिक शक्तिको रुपमा उदाएपछि केपी वलीहरुको राजनीति धर्मराएको भन्दै त्यसैको प्रतिशोध स्वरुप नेकपामाथि प्रतिबन्ध लगाएर दमन गरेको बताएका थिए ।