माघ २३, बुटवल । सरकारले संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगको म्याद थप गरेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ शुक्रबार जारी गरेकी छन् । अध्यादेशमार्फत म्याद थप गरिएको हो ।
अध्यादेशमार्फत बढीमा ६ महिना समयावधि थप गर्न मिल्ने राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए । दुवै आयोगको म्याद आउँदो आइतबारबाट सकिँदै थियो ।

Tags :
सम्बन्धित खवर
वरिष्ठ वामपन्थी नेता स्वनाम साथीको निधन
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्