क्रान्तिको प्रक्रिया रोकिएको छैन : मोहन वैद्य

नेपालमा संसदीय व्यवस्था, संसदीय र संशोधनवादी पार्टीहरु सबै असफल

क्रान्तिको प्रक्रिया रोकिएको छैन : मोहन वैद्य

फागुन १, बुटवल। नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले जनयुद्धको बेला पार्टीको मुल नेतृत्व (प्रचण्ड) मा पलाएको नवसंसोधनवादी प्रवृति र गद्धारीका कारण जनयुद्ध ईतिहास बनेको र क्रान्ति प्रतिक्रान्तिमा बदलिएको बताएका छन् ।

२६ औं जनयुद्ध दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै महासचिव वैद्यले झापा आन्दोलन र महान जनयुद्धको क्रान्तिकारी विरासतलाई साम्राज्यवाद र विस्तारवादको पोल्टामा सुम्पेर तिनका नेताहरु आज सत्ता एवम् सुविधामा घोडेभागका लागि सडकमा भिडिरहेका छन् र देश असफल सिद्ध हुँदै गएको बताएका छन् ।

वैद्यले भनेका छन्, “यसले नेपालमा संसदीय व्यवस्था, संसदीय र संशोधनवादी पार्टीहरु सबै असफल भएको मात्र होइन, नेपालमा नयाँ जनवादी क्रान्ति अपरिहार्य बनेको तथ्य स्पष्ट गर्दछ ।”

वैद्यले सबै क्रान्तिकारी, भ्रमबस संसोधनवादी कित्तामा रहेका क्रान्तिकारी र स्वतन्त्र व्यक्तिहरुलाई क्रान्तिको प्रकृयामा गोलवद्ध भई अगाडी बढ्न बिशेष अपील पनि गरेका छन् ।