Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
१३ देशमा कोरोना भाइरसको नयाँ प्रजाती - Janabato

१३ देशमा कोरोना भाइरसको नयाँ प्रजाती

यु.एस.र नाइजेरिया लगाएत अन्य ११ वटा देशहरुमा

१३ देशमा कोरोना भाइरसको नयाँ प्रजाती

फागुन १०, बुटवल । यु.के.मा भेटिएको कोरोना भाइरसको नया प्रजाती अहिले यु.एस.र नाइजेरिया लगाएत अन्य ११ वटा देशहरुमा पनि फैलिएको एडिनबर्ग युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले रिपोर्टमा बताएका छन् । उक्त प्रजाती बी.१.१२५ को स्वराङ्कित हो ।

नयाँ प्रजातीको भाइरसमा चिन्ताजनक उत्परिवर्तन समावेश छ । यसमा स्पाइक प्रोटिन रहेको हुन्छ जसले मानवीय कोषहरुलाई सजिलै बाँध्छ । यस्तो प्रकारको उत्परिवर्तनलाई इ४८४के भनिन्छ । हाल बनिरहेको भ्याक्सिन पनि यस नयाँ प्रजातीको भाइरसका लागी प्रभावकारिता छैन ।

द गार्डियनका अनुसार यस्तो उत्परिवर्तन भएको कोरोनाभाइरसको प्रजाती दक्षिण अफ्रिका र ब्राजिलमा पनि देखिएको छ । सेन्टर्स फर डिजिज कन्ट्रोल र प्रिभेन्सनका अनुसार दक्षिण अफ्रिका, यु.के. र ब्राजिलबाट फैलिएको कोरोना भाइरसको प्रजाती ओरिजिनल कोरोेना भाइरसभन्दा बढि संक्रामण रहेको छ । तर, यस नयाँ प्रजातीको भाइरसको बारेमा अहिलेसम्म केहि पत्ता लागेको छैन । जसकारण वैज्ञानिकहरु चिन्तित छन् ।

रिडिङ युनिभर्सिटीका सेलुलर माइक्रोबायोलोजी सहप्रध्यापक सिमोन क्लार्कले इ४८४के उत्परिवर्तन भएको कोरोना भाइरस भ्याक्सिनको प्रतिरोधि भएको द गार्डियन पत्रिकामा बताएका छन । उनले भने “हामीलाई थाहा छैन यो भाइरस कत्तिको फैलिन्छ तर यो अनुमान लगाउन सकिन्छ कि यदि यो सफल भएमा कुनै खोप वा अघिल्लो संक्रमणबाट हुने प्रतिरोधात्मक क्षमता हटाइनेछ ।”

यु.के. सरकारको कागजातअनुसार यु.के.मा फेब्रुवरी १७ मा ४६ वटा नयाँ प्रजातीको केसहरु जीन अनुक्रमणद्वरा पत्ता लागेको थियो भने यु.एस.मा १२ वटा केसहरु भेटिएको थियो । एजेन्सीको सहयोगमा