अनिल नेपाली । अर्घाखाँची २२, फागुन । जंगलको बीचमा खोला छ । त्यहीँ खोलाको बीचमा खुल्ला आकाशमा पीपल मुनी बालुवा चालेर गिट्टी कुटेर आफ्नो जीवन चलाईरहेका महिलालाई नारी दिवसले छुदैन । मार्च ८ अर्थात् महिला दिवस विश्व भर ‘अन्तर्रा्िष्ट्रय श्रमिक महिला दिवस’ मनाइँदैछ । कतिपय महिलाहरूले अफिसको जागिरबाट बिदा पाएर घर परिवारसंग, कतिपय महिलाले संविधानले महिला लागि प्रशस्त अघिकार दिएको छ भनेर दुईचार जना महिला जम्मा गरेर नारी दिवस मनाइरहेका हुन्छन् । तर,कतिपय महिला ज्याला मजदुरी संग रमाईरहेका हुन्छन् । ती ज्याला मजदुरी संग रमाएका महिलाहरूका लागि नारी दिवसले समान अघिकार दिएता पनि दिवस मनाउन सकिरहेका छैनन् । आर्थिक अवस्था कमजोर भएर दिवस मनाउन नसक्ने अर्घाखाची जिल्लामा धेरै महिला रहेका छन् ।
संविधानले दिएको अघिकारलाई उत्सवको रुपमा मनाउन नसक्ने महिलाहरुको दिवसलाई उत्सवको रुपमा मनाउनको लागि सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार विक खोलामा पुगेर दिवस मनाउनको लागि तयारी गर्दा सरकार जनताका सामु आयो भनेर खुसी भएका सन्धिखर्क नगरपालिका वडा नं. ७ घर भई बलेवामा बसोबास गर्ने अस्मिता पाण्डेले शनिबार खोलामा बालुबा बोक्दै थिइन् । उनलाई नारी दिवसले खान दिँदैन, लाउन दिँदैन । त्यसैले त उनी मजदुरी गर्न बाध्य छिन । ‘श्रमिक महिला दिवस भन्ने सुनेकी थिएँ, तर त्यो दिवस ठूलाबढाको दिवस हो भनेर उनले भनिन् हाम्रो ईच्छा हुँदा हँुदै पनि मनाउन सकिन । उनले भनीन, हामीजस्ता मजदुरी गर्नेहरूका लागि होइन । ठूला वर्गका लागि हा े। एकदिन काम नगर्ने हो भने हाम्रा छोराछोरीलाई के खुवाउने भनीन् । उनले घर परिवार धान्नकै लागि रात बिहान नभनी काम गर्नुपरेको सुनाइन । दिवस भन्दा पैसाको महत्व देखाउँदै उनी भन्छिन्,‘एक दिन घरमा बसियो भने ६ सय ५० रुपैयाँ घाटा हुन्छ, काम गरिएन भने घर चल्दैन ।’
त्यस्तै गरी अर्का महिला पनि खोलामा जिवन जिउन बाध्य छिन् । सन्धिखर्क नगरपालिका वडा नं. ५ की आरती कुमारले आफ्नो श्रीमान्लाई ३ महिला अगाडि गुमाइन् तर उनलाई दुखले छोडेको छैन । उनलाई श्रीमानको पिडा छदैछ त्यसैमाथि जिवन गुुजार्नको लागि उनी खोलामा बालुवा चालिरहेकी छिन् र उनलाई श्रमिक महिला दिवस लागेको छैन । ‘मलाई श्रमिक महिला दिवस लागेको छैन,’उनले भनिन्, ‘घर परिवारमा खर्च धान्नको लागि नै श्रमिक दिवस नलागेको हो । दिवस लाग्यो भने त घरखर्च कसरी चलाउने घर जग्गा छैन खोलामै बास बस्नुपर्छ । खोलामा काम गरेर घर बनाउने हो । पदमा भुसाल, शान्ता खनालकोे जीवन खोलामै चलेको छ । सानै उमेरमा विवाह भयो ‘छोराछोरी लाई शिक्षित बनाउनको लागि आफुलाई काम गर्ने इच्छा नहुँदा नहुदै पनि, संघर्ष र दुःखका कुरा सुनाउँदै खोलामा बालुवा चालेर जिविकोपार्जन गरिरहेकी छिन् ।’ यी दुई महिला मात्र नभई अरू महिला कामदारहरू पनि काम गरिरहेका थिए । कुनै महिला गिट्टी कुटिरहेका थिए त कोही महिला माटो मुछ्दै थिए ।
प्रतिक्रिया राख्नुहोस्