फागुन २७, बुटवल । बुटवलको मिलनचोकमा रहेको दियालो फुडल्याण्डमा आगलागी भएको छ । गएराति करिब १:३० बजे फुडल्याण्डको माथिल्लो तलामा रहेको रेष्टुरेन्टमा आगलागी भएको हो ।
आगलागीबाट रेष्टुरेण्ट रहेको माथिल्लो तलामा रहेका सामान जलेर पूर्णरुपमा नष्ट भएका छन् । केही कामदार रेष्टुरेन्टमै सुतेका भए पनि आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
बुटवल उपमहानगरपालिकाको दमकलले करिब तीन घण्टामा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । आगलागीको समयमा फुडल्याण्डको तल्लो तलाका सबै सटर बन्द थिए ।
घटनाबारे अनुसन्धान भइरहेको डीएसपी राठौरले बताए । फुडल्याण्डका प्रवन्धक मदन भण्डारीले आगलागीबाट डेढ करोडको क्षति भएको दावी गरेका छन् । प्रहरीले भने क्षतिको यकिन विवरण आउन बाँकी रहेको जनाएको छ ।
सम्बन्धित खवर
लुम्बिनी प्रदेशमा न्यौपाने, पन्थी र बराल ओली समूहमा
नेता पुनले गरे सहिद आवासिय विद्यालयको अनुगमन
नेकपा जनसेवक गुल्मीद्वारा जनसेवा सम्पन्न
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्