अर्घाखाँचीमा सुविधा सम्पन्न अस्पतालको विस्तार हुँदै

अस्पतालमा : ३२ वर्ष पछि आइसियु सेवा विस्तार हुँदै

अर्घाखाँचीमा सुविधा सम्पन्न अस्पतालको विस्तार हुँदै

अनिल नेपाली । चैत ४, अर्घाखाँची । जिल्ला अस्पताल अर्घाखाँचीमाले मुहार फेरेको छ । विभिन्न कुराले टिकाटिप्पणी हुने अस्पताल यतिबेला सुधार विस्तारले भाईरल र चर्चाको सिखरमा पुग्न सफल भएको स्थानीय बासिका बिरामीहरु बताउँछन ।

बिरामीको लागि सामान्य आइसियू सेवा पनि नभएको अस्पतालमा आइसियु सेवा विस्तारका लागि भवन निर्माण कार्य दुर्त गतिमा अगाडि बढिरहेको छ ।  भवन बनेसगै सुविधा सम्पन्न आईसियु जडान हुने भएको छ । यस अघि आइसियु सेवा नहुँदा गम्भीर प्रकार बिरामी लाई जिल्ला बाहिर लैजादा बाटोमा ज्यान पनि जाने जोखिम निकै थियोे । 

३२ वर्ष अघि जिल्ला सदरमुकाममा संचालनमा आएको अस्पतालमा आइसियू सेवा का लागि ४३ लाखमा निर्माण कार्य सुरुभएको जिल्ला अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कपिल गौतमले जानकारी दिनु भयो । अस्पताल सुविधा सम्पन्न हुन लागेको समाचार देखेपछि यहाँका नागरिकमा खुशीले हर्सित भएका छन । नागरिकहरु भन्छन, अस्पतालमा धेरै सुधार भयो, बिरामिले राम्रो सेवा पाएका छन । यसका लागि अस्पताल विकास समितिका अध्यक्ष नगरप्रमुख कमल प्रसाद भुसाल र जिल्ला अस्पताल का प्रमुख डाक्टर कपिल गौतम धन्यवादका पात्र हुन । 

पहिलो पटक क्षयरोग (टीबी) पत्ता लगाउने जिन ईक्सपर्ट मेसिन जडान गरी परिक्षण सुरू, डेन्टल सेवा , थाइराइट मेसिन जडान,फिजियो थेरापी लगायतका सेवा ब्लड बैँक नभएको अस्पतालले नेपाली सेनाले आवश्यक परेको खण्डमा ब्लड उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि गर्भबति महिलाको अप्रेशन हुन थालेको अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनु भयो । १५ शय्याबाट बिरामीलाई सेवा दिदै आएको अस्पतालले अप्रेसन गर्नुपर्ने अवस्थाका र अन्य बिरामी गाडी रिर्जव गरेर बुटवल ,पाल्पा ,काठमाडौ जानुपर्ने बाध्यतलाई अत्य गर्नको लागि अस्पताल बाट थप सेवा विस्तार सँगै भौतिक सेवा पनि विस्तार गदै गएको जिल्लामै गुणस्तरीय उपचार हुन्छ भन्ने विश्वास दिन आफूहरु निरन्तर पहल गरिरहेको अस्पताल का प्रमुख डाक्टर कपिल गौतमले जिकिर गर्नु भयो ।

अस्पतालले चमेनागृह स्थापना ,लाइट नहुदाँ विभिन्न सेवा अवरुद्व हुदै आएको अस्पताले जेनेटर जडान गरी सेवा दिदै आएको छ भने १५ शैयाको अस्पताललाई ५० शैयामा परिणत गर्ने काम का लागि भवन र जनसक्तिको खाचो छ । बिरामी हरु भुईमा राखेर उपचार गर्न अस्पतालका डाक्टरहरु बाध्य छन । विश्वमा असर पारेको कोरोना रोग नियन्त्रणका लागि अर्घाखाँची अस्पताल का प्रमुख डाक्टर कपिल गौतम सहितका डाक्टर कर्मचारीहरु दिनरात खटेर काम गरेको भन्दै उनिहरुको सबै ले प्रशम्सा गरेका छन । अस्पतालमा दन्त सेवा नाककान घाँटी रोग उपचार सेवा ईमर्जेन्सी सेवा ओपिडि सेवा चौबीसै घन्टा ल्याब भिडियो एक्सरे सेवा सुचारु छन ।