तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न 

बाँकी तालिम पश्चिम जिल्लाको चैत ११ गतेदेखि धनगढीमा हुने

तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न 

चैत ४, बुटवल । जनपत्रकार संगठन नेपाल र रातो खबर प्रकाशन गृह प्रा. लि. को संयुक्त आयोजनामा चैत २ गते देखि शुरू गरिएको तीन दिने आधारभूत पत्रकारिता तालिम आज काठमाडौँमा सम्पन्न भएको छ ।

तालिममा धौलागिरी, नारायणीदेखि पूर्व झापासम्मका प्रत्येक जिल्लाबाट १/१ जनाको सहभागिता रहेको थियो ।

जनपक्षीय पत्रकारहरुको उत्पादन तथा विकास गर्ने उदेश्य आयोजना गरिएको उक्त तालिम बाँकी पश्चिम जिल्लाको चैत ११ गतेदेखि धनगढीमा हुनेछ ।