चैत ५, बुटवल । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरको आयोजनामा स्कुलिङ विभाग अन्तर्गतको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वैज्ञानिक समाजवादी मञ्चका अध्यक्ष डीटी पाण्डेले इतिहासले जुराइदिएको यो समयलाई नेपाल कम्युनिस्ट पार्टीले सही किसिमले आंकलन गर्नुपर्ने र ठीक किसिमले अगाडि बढेर एउटा राम्रो बाटो निर्देश गर्नुपर्ने बताए ।
उक्त कार्यक्रम का प्रमुख अतिथि एबम् पार्टीका केन्द्रिय सदस्य तथा पूर्व सेती महाकाली ब्युरो इन्चार्ज ओम प्रकाश पुनले सम्बोधन गर्दै देशलाई वैज्ञानिक समाजवादमा प्रवेश गराएर सबैलाई स्वाभिमान र जनताको जनमतलाई आधार लिएर आफूहरू जनताको राज्यसत्ता चलाउन चाहने बताए । अब कोही दास नभएको , अरूको उत्पीडनमा नपरेको, अरूको इसारामा नरहेको र सबै मालिक भएको हेर्न चाहने बताए । उनले एकपटक राज्यसत्ता बदल्नको लागि अन्तिम निर्णायक संघर्ष गर्नु जरुरी भएको र संघर्षमा सबै न्याय प्रेमी बुद्धिजीवी विश्लेषक अधिकारकर्मी सबैलाई सहभागी हुन अपिल गरे । पछिलो राजनीतिक घटनाक्रममा बहसमा रहेको वार्ता र वार्ताको विषयमा सरकार अवैधानिक गरेको गल्तीलाई सच्याएको र एकचोटि आफूहरू जनता माझ शान्तिपूर्ण र नयाँ ढंगले जाने कुरा बताए । उनले वार्ता कुनै विदेशीको इसारामा या दिल्लीमा गरेको वार्ता होइन यो हो त केबल आम जनताको हितको पक्षमा गरिएको निर्णय हो । त्यसकारण कसैले पनि संका नगर्न र कतै पनि विचलित नहुन आग्रह गर्दै फेरि एकचोटिे न्यायको लागि लड्न आवस्यक रहेको बताए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य तथा पूर्व सेती महाकाली ब्युरो इन्चार्ज ओम प्रकाश पुन , पार्टी जिल्ला सचिव क. रबि ,जिल्ला इन्चार्ज क . आकाश र वैज्ञानिक समाजवादी मञ्चका अध्यक्ष डीटी पाण्डे लगायत विद्यार्थी महिला शिक्षक बुद्धिजीवी तथा अन्य नेताकार्यकर्ता सहभागिता रहेकोबताइउको छ । ।
प्रतिक्रिया राख्नुहोस्