व्यवस्थाको फैसला गर्ने अधिकार जनतालाई दिनुपर्छ :नेता पुन

नेकपाद्धारा कञ्चनपुरमा जनसभा

व्यवस्थाको फैसला गर्ने अधिकार जनतालाई दिनुपर्छ :नेता पुन

चैत १० । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको आयोजनामा कञ्चनपुरको बेलौरी गोकुलपुरमा जनसभा सम्पन्न भएको छ । जनसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य ओम प्रकाश पुनले नेपालको समस्या बर्गीय उत्पीडन मुख्य भएको भन्दै यो राज्यसत्ताको प्रश्नसित जोडिएको बताएका छन् । नेता पुनले अहिले दलाल पुँजीवादी व्यवस्थाले मानव जातिमाथि उत्पीडन थोपरेको भन्दै त्यसको विकल्प वैज्ञानिक समाजवाद भएको बताए । 

नेता पुनले वैज्ञानिक समाजवादी व्यवस्थामा जातीय र लैंगिक विभेद, वर्गीय उत्पीडन र शोषण अन्त्य हुने भन्दै शिक्षा, स्वास्थ्य, रोजगार जस्ता आधारभूत बिषय राज्यले ग्यारेन्टी लिने बताए । उनले जनताको माझ गएर व्यवस्थाको फैसला गर्ने अधिकार जनतालाई दिनुपर्ने भन्ने जिकिर गर्दै ३ बुँदे सहमतिलाई कार्यान्वयन गर्नुपर्ने बताए ।  

उक्त कार्यक्रममा ब्युरो सदस्य बिकेक कुमाल, कञ्चनपुर जिल्ला इन्चार्ज आकाश र अन्य नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।