युवा संगठन नेपालको गण्डक ब्यूरो स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न 

सहज परिस्थतीमा संगठन निर्माण अभियानलाई जोड पु¥याउन निर्देशन

युवा संगठन नेपालको गण्डक ब्यूरो स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न 

चैत ६, गोरखा । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको गण्डक ब्यूरो स्तरीय प्रशिक्षण कार्यक्रम गोरखाको सिरानचोकमा बिहिबार सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपाकी केन्द्रीय सदस्य तथा गण्डक ब्यूरो इन्चार्ज उमा भुजेल ‘शिलु’ले वर्तमान राजनीतिक अवस्था, प्रतिबन्ध फुकुवा पछिको पार्टीको आगामी कार्यक्रम, एकिकृत जनक्र्रान्ति मार्फत देशमा वैज्ञानिक समाजवाद कसरी ल्याउने र त्यसको लागि युवाहरूको भूमिकाको विषयमा प्रशिक्षण प्रदान गरेकी थिइन । उनले प्रशिक्षण कै क्रममा प्रतिकन्ध फुकुवापछि भएको सहज परिस्थतीमा संगठन निर्माण अभियानलाई जोड पु¥याउन निर्देशन पनि दिएकी थिइन । 

उक्त प्रशिक्षण कार्यक्रममा गण्डक ब्यूरो अन्तरगतका सम्पूर्ण जिल्लाबाट पार्टी जिल्ला इन्चार्ज र सेक्रेटरीहरू लगायतको उपस्थिती रहेको जनाइएको छ ।