अनिल नेपाली । चैत ७, अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अर्घाखाँचीका जिल्ला संयोजक ठाकुर कुमार विक किशोरले एक कार्यक्रमका बीचमा मालारानी गाँउपालिकाको खनदहमा पार्टी कार्यालयको उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै जिल्ला संयोजक विकले प्रधानमन्त्री केपि ओलीका कारण नेपालको कम्युनिष्ट आन्दोलन बदनामी भएको बताउँदै विकले सहिदहरुको सपना साकार पार्ने जनताको सपनालाई साकार पारी कम्युनिस्ट आन्दोलन थप उचाईमा पु¥याउनका लागि सधै लाग्ने प्रतिबद्धताका साथ कार्यालयको स्थापना गरीएको भन्दै सोही अनुसार अगाडी बढ्न कार्यकर्तालाई आग्रह गर्दै सबै पार्टीहरुसंग समन्वय र सहकार्य गरी अगाडी बढ्ने बताउन ु भएको थियो ।
कार्यक्रम अखिल नेपाल शिक्षक सगठनका केन्द्रिय उपाध्यक्ष एमबी पाण्डे गाँउपालिका अध्यक्ष पदम क्षेत्री लगायतले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।
कार्यालय स्थापनासंगै खुसीयालीमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालयमा अबिर जात्रा गरि खुसी साटासाट गरेका थिए । कार्यक्रम पार्टीका गाँउपालिका सचिव बसन्त खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानिय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
नेकपा नाम ऋषि कट्टेललाइ दिने सर्वोच्च अदालतको फैसला संगै देश भर एमाले र माओवादी केन्द्रले आ– आफ्ना पार्टी कार्यालयहरु स्थापना गरीरहेका छन ।
प्रतिक्रिया राख्नुहोस्