अनिल नेपाली । अर्घाखाँची १० चैत । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व अर्थमन्त्री डा रामशरण महतले वर्तमान सरकारले देश चलाउने नैतिकता गुमाएकाले नेपाली कांग्रेसले अन्य दलहरुसंग माओबादी केन्द्रले सरकारलाई दिइएको समर्थन फिर्ता लिएको खण्डमा आबश्यकता अनुसार सरकार बनाउन संवाद थाल्ने बताउनु भएको छ ।
सन्धिखर्कमा बुधबार नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले आयोजना गरेको पत्रकार सम्मेलन लाई सम्बोधन गर्दै पुर्ब अर्थमन्त्री समेत रहनुभएका नेता महतले यस्तो बताउनुभएको हो ।
बर्तमान केपी ओली नेतृत्वको सरकारले संविधान पालना नगरेको र निरन्तर संविधान विपरित क्रियाकलाप गरेको सबैधानिक निकायमा आफुखुसी भागबन्डा गरेको भन्दै प्रधानमन्त्रीले एक–एक गरेर जनताको अधिकार खोस्दै गएको बताउदै सरकारले मिडिया विधेयक, मानवअधिकार विधेयक, सुरक्षा परिषद् विधेयक मार्फत अधिकारहरु कुन्ठित गर्ने, अनुसन्धान विभाग, राजस्व विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत सविधान विपरीत रहेको बताउदै नेता महतले मुलुकको राजनैतिक आर्थिक परिबर्तनमा काग्रेसले महत्वपुर्ण भुमिका खेलेको बताउदै मुलुकमा प्राप्त उपलब्धीको सबैले रक्षा गनु अहिलेको मुख्य आबश्यकता रहेको बताउनुभएको थियो ।
एक फरक प्रसँगमा कुराकानी गदै डा महतले आफुले अर्थमन्त्री हुदाँ देशको विकासका लागि राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा राम्रो पहिचान बनाएको बताउदै आफु पनि नेपाली काँग्रेसको बलियो सभापतिको उम्मेदबारको भएको दाबी गर्नुभएको छ कार्यक्रममा पुर्व मन्त्री रेवती प्रसाद भुसाल पुर्व सभापति कमल प्रसाद भुसाल उपसभापति शान्ता भण्डारी क्षेत्रीय सभापति अच्युत कुँबर लगायतका नेताहरुको आतिथ्यता रहेको थियो । कार्यक्रम प्रेस युनियनका उपाध्यक्ष सरिता भुसाल सचिब विष्णु प्रसाद खनालको सञ्चालनका कार्यक्रम सम्पन्न भएको थियो ,।
प्रतिक्रिया राख्नुहोस्