अनिल नेपाली । अर्घाखाँची ११ चैत । नेपाली कांग्रेसका नेता पुर्व अर्थमन्त्री डाक्टर रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक चरित्र नदेखाएको आरोप लगाएका छन् ।नेपाली काँग्रेस अर्घाखाँची प्रदेश क्षेत्र नं. १ ले बुधबार सन्धिखर्कमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता महतले ओली सरकार नैतिक रुपमा पतन भएको बताउँदै सत्तामा बसिरहनु उचित नहुने जिकिर गदै ओली सरकारले राजनीतिमा नैतिकता गुमाएको बताउँर्द सत्ता मोह बाहेक केही स्वार्थ नरहेको टिप्पणी गरे ।
नेपालमा कम्युनिष्ट पार्टीहरु विस्तारै सकिन लागेको बताउँदै दुई तिहाई जनमत प्राप्त गर्दा समेत जनभावना अनुसार काम गर्न नसकेको बताए ।कार्यक्रममा काँग्रेस प्रतिनिधी सभाका सचेतक पुष्पा भुसालले ओलीलाई सत्ताको मोह बाहेक केही नभएको बताईन । उनले काँग्रेस सरकारमा जान हतार नगरेको बताईन । उनले प्रधानमन्त्री ओली सत्तामा बसिरहन नैतिकताले नदिने बताईन ।
काँग्रेससँग सत्ताको अनुभव भएकाले कसैले भन्दैमा कांग्रेस कार्यक्रममा पुर्व केन्द्रीय सदस्य रेवती प्रसाद भुसाल, जिल्ला सभापति विष्णुप्रसाद मुस्कान, पुर्ब सभापति पिताम्वर शर्मा , कमल प्रसाद भुसाल, उपसभापति शान्ता भण्डारी, सचिव छविलाल पौडेल, विष्णुप्रसाद भुसाल लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रम काँग्रेस प्रदेश सभा क्षेत्र नं. १ का क्षेत्रीय सभापति केशवराज कुवरको अध्यक्षता र सचिव ताराप्रसाद फुल्लेलको सञ्चालनमा सम्पन्न भएको हो ।
प्रतिक्रिया राख्नुहोस्