Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
चार दिन विद्यालय बन्द - Janabato
चार दिन विद्यालय बन्द

बुटवल : भोलिबाट चार दिनसम्म विद्यालयहरु बन्द हुने भएका छन् । वायु प्रदूषणका कारण भोलिबाट चार दिनसम्म विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयले मन्त्रिस्तरीय बैठकबाट यस्तो निर्णय भएको पुष्टि गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरी निर्णय लिएको बुझिएको छ । ओलीले वायु प्रदूषणबाट स्वास्थ्य प्रतिकूलताबारे चासो राखेका थिए ।

सरकारको यो निर्णयसँगै यो हप्ता विद्यालयहरु नखुल्ने भएका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु वायु प्रदूषणका कारण विरामी परेपछि बन्द गर्ने दबाब परेको थियो । विशेषगरी बालबालिकाहरु प्रदूषणका कारण विरामी पर्न थालेका छन् ।