तनहुँ : युवा संगठन, नेपाल गण्डक ब्युरो अन्तर्गत तनहुँ जिल्लाले ब्यास नगरपालिकामा एक कार्यक्रमका बिच कमरेड राजकुमारको नेतृत्वमा १७ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
उक्त नगर कमिटी गठन कार्यक्रममा पार्टीका जिल्ला ईन्चार्ज क. निशान र युवा संगठन, नेपालका केन्द्रीय सदस्य तथा गण्डक धौलागिरी ब्युरो ईन्चार्ज क. बिजयकुमारको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा संगठनका ब्युरो ईन्चार्ज क. बिजयकुमारले युवाहरूलाई प्रशिक्षित गर्दै दलाल पुंजीवादी संसदीय व्यवस्थामा आसिन शासकहरुले आर्थिक समृद्धको नाममा दक्ष युवा जनशक्तिलाई निराश बनाएको बताए । उनले संसदीय व्यवस्थाबाट युवाहरूको कुनै पनि निकास हुन नसक्ने बताए । उनले भने, ‘ वर्तमान संसदयि व्यवस्था अन्त्य गरि वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लागि युवाहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने परिस्थिती सिर्जना भएको छ ।’
सम्बन्धित खवर
नेकपा दैलेखद्वारा स्वास्थ्य सामग्री वितरण
संसद विघटनविरुद्ध नेकपा(नेकपा) कार्यकर्ता सडकमा
भट्टको हत्यारालाई कारबाही गर : अखिल (क्रान्तिकारी)
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्