चैत्र २१,बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङका कार्यकर्ताहरू यतिबेला जनता सँगै जनश्रमदानमा लागिरहेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत शान्तिनगर गाउँपालिकामा आज बिहान जनताको खेतमा गहुँ काटेर जनश्रमदान गरेको शान्तिनगर गाउँपालिका इन्चार्ज विवेकले जानकारी दिए । उनले भने हामी यतिबेला जनताको खेतबारीमा श्रमदान गरिरहेका छौँ ।’
शान्तिनगर गाउँपालिका इन्चार्ज विवेकका अनुसार जनश्रमदानमा करिब २५ जना पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
श्रमदानमा नेकपा शान्तिनगर सेक्रेटरी राजेन्द्र बहादुर विश्वकर्मा,अखिल नेपाल ट्रेड युनियन महासंघ शान्तिनगर अध्यक्ष बिद्रोही, किसान महासंघ शान्तिनगर अध्यक्ष खड्क जैसी, युवा संगठन नेपाल शान्तिनगर अध्यक्ष तिलक फुलामीको सहभागिता रहेको थियो ।
Tags :
सम्बन्धित खवर
नख्खु कारागारबाट ‘सुदर्शन’को शुभकामना सन्देश
५ वर्ष अगाडि
अखिल (क्रान्तिकारी) कपिलवस्तुद्वारा राहत वितरण
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्