‘शैक्षिक दलाल र माफियाहरूलाई खरानी पाछौँ’ : प्रवीण

अखिल (क्रान्तिकारी) रूपन्देहीको २४ औं जिल्ला सम्मेलन सम्पन्न

‘शैक्षिक दलाल र माफियाहरूलाई खरानी पाछौँ’ : प्रवीण

बुटवल : नेपाल कम्युनिस्ट पार्टीका पाल्पा जिल्ला इन्चार्ज तथा अखिल (क्रान्तिकारी) पूर्व केन्द्रीय अध्यक्ष प्रवीणले नेपालमा रहेका शैक्षिक दलाल र माफियाहरूलाई खरानी पार्ने बताएका छन् । 

अखिल (क्रान्तिकारी) रूपन्देहीको २४ औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै प्रवीणले देशको राजनीति र राज्यव्यवस्था खराब भएका कारण नेपालको शिक्षा प्रणाली २ खण्डमा विभाजित भएको बताए । उनले भने, ‘वर्तमान निजी, दलाली, अव्यवहारिक, अवैज्ञानिक शिक्षा ग्रहण गर्नुको कुनै औचित्य नभएकाले यसको अन्त्य गरी वैज्ञानिक समाजवादी शिक्षा स्थापना गछौँ । नेपालको राजनीतिक विद्यार्थी आन्दोलनमा सहादत भएका सहिदहरूको सुन्दर सपनाहरू पुरा गर्न सम्पूर्ण वामपन्थी, प्रगतिशिल, देशभक्त तथा जनतान्त्रिक विद्यार्थीहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने परिस्थिती सिर्जना भएको  छ ।’

प्रविणले वर्तमान दलाल, पुंजीवादी संसदीय व्यवस्थाले विद्यालय तथा कलेजहरूमा अध्ययन गरिरहेका विद्यार्थीहरूले राजनीति गर्नुहुँदैन भन्ने मानसिकता विकास गरेकाले त्यो झुट भएको र त्यस्ता भ्रमलाई चिर्दै अखिल (क्रान्तिकारी) मा संगठित भई एकिकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध भई कडा संघर्ष गर्न अपिल समेत गरेका थिए । उनले वैज्ञानिक समाजवाद स्थापनार्थको लागि आफूहरूले बलिदान दिन पनि तयार रहेको बताए । उनले वर्तमान संसदीय व्यवस्था राष्ट्रघाती, जनघाती, भ्रष्टचारी व्यवस्था भएकाले जनमत संग्रहद्धारा व्यवस्था बदल्ने अधिकार जनतालाई दिनुपर्ने बताए ।