पाल्पामा दीप प्रज्वलन

फागुन २२, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पाल्पाले सरकारले नेकपामाथि करिब दुई वर्ष अघि लगाएको प्रतिबन्ध फुकुवा गरेको ऐतिहासिक उत्सवको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रममालाई सम्बोधन गर्दै नेता तथा कार्यकर्ताहरूले नेपाल कम्युनिस्ट पार्टी सधैं उत्पीडित जनताको पक्षमा, जनजीविकाको पक्षमा रहेको र एकिकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने बताए । वार्ता विरोधीहरूले सम्प्रेषण गरेको झुट समाचारको भ्रममा नपरी सम्पूर्ण जनसमुदायलाई एकिकृत जनक्रान्तिको पक्षमा निरन्तर सामेल हुन आह््वान गरेका थिए । साथै नेपाल कम्युनिस्ट पार्टी आम श्रमिक जनताको र एकिकृत जनक्रान्तिमा सहादत प्राप्त गरेका महान सहिदहरूको सपना पुरा गर्न सधैं तत्पर रहेको बताए । वैज्ञानिक समाजवादको निमित्त नेपाल कम्युनिस्ट पार्टीले जस्तोसुकै चुनौती पनि सामना गर्न तयार भएको बताए ।