Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
दमकमा ट्रेड युनियन महासंघको बैठक सम्पन्न  - Janabato

दमकमा ट्रेड युनियन महासंघको बैठक सम्पन्न 

बैशाख १८ मा बिर्तामोडमा राष्ट्रिय सम्मेलन

दमकमा ट्रेड युनियन महासंघको बैठक सम्पन्न 

झापा । नेपाल कम्युनिस्ट पार्टी निकट मजदुर संगठन  अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महांसघ, मेची/कोसी क्षेत्रीय समन्वय समितिको बैठक तथा भेला झापाको दमकमा सम्पन्न भएको छ ।

पार्टीका मेची–कोसि ब्युरो इन्चार्ज सुमन लिम्बू (प्रकाश )को प्रमुख आतिथ्यता एवम् फ्र्याक्सन इन्चार्ज सुमनसिंह पौडेलको आतिथ्यतामा सम्पन्न उक्त बैठकले  महासंघको यहि बैशाख १८ अर्थात मे १ तारीखका दिन झापाको बिर्तामोडमा विशाल भेला तथा राष्ट्रिय सम्मेलनको घनिभुत तयारी गर्ने निर्णय गर्दै  बैठक सम्पन्न गरेको छ ।

बैठकमा आफ्नो मन्तव्य राख्ने क्रममा नेताहरूले वास्तविक श्रमजीवी वर्गहरू अहिलेपनि पुंजीवादीहरूको दासका रूपमा मात्रै रहेको र पुंजीवादी वर्गले मजदुरहरू माथि चरम शोषण गरेको टिप्पणी गरेका थिए ।