पाराभेटेरीनरी एन्ड लाइभस्टक एसोसिएसन अर्घाखाँचीको १० औं अधिवेशन सम्पन्न 

योगेन्द्र मरासिनीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समितिको गठन

पाराभेटेरीनरी एन्ड लाइभस्टक एसोसिएसन अर्घाखाँचीको १० औं अधिवेशन सम्पन्न 

अनिल नेपाली / अर्घाखाँची : नेपाल पाराभेटेरीनरी एन्ड लाइभस्ट्क एसोसिएसन अर्घाखाँचीको १० औं अधिवेशन सोमबार एक कार्यक्रमका बीचमा सन्धिखर्कमा सम्पन्न भएको छ । 

कार्यक्रमको उद्घाटन केन्द्रिय अध्यक्ष राम प्रसाद नेहताले गर्नुभएको थियो । अध्यक्ष नेहताले किसानको लागि आय आर्जन व्यवसायिक सुनिश्चितता भएमा मात्र आफुहरुको पेशा सुरक्षित हुने बताउँदै किसानका समस्यालाई तदरुकताका साथ लैजानका लागि सबै लाग्नुपर्ने बताउँदै किसानलाई परेका समस्यालाई निराकरण गर्नको लागि उपचाराताम पद्धतीमा सुधार ल्याउनुको विकल्प नरहेको बताउनुभएको थियो । 

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष लोकराज भुसालले कृषकको जीवनलाई बदल्न सकेमा मात्र आफूहरुको पेशा बलियो हुने बताउँदै सबै सुदृढीकरणको लागि लाग्नुपर्ने बताउनुभएको थियो । 

कार्यक्रममा संस्थाका केन्द्रिय उपाध्यक्ष टेक बहादुर नेपाली, केन्द्रिय सदस्य नारायण भट्टाराइर्, महाधिबेशन प्रतिनिधि हुमाकान्त पाण्ड,े कपिलवस्तु अध्यक्ष परमेश्वर पाण्डे, पूर्व अध्यक्ष खेम बहादुर टण्डन, महाधिबेशन प्रतिनिधि नरेन्द्र पौडेल लगायतले कार्यक्रममा मन्तव्य राख्दै  पेशालाई सुरक्षित बनाउनको लागि सबै लाग्नुपर्ने बताएका थिए । 

महाधिवेशनले योगेन्द्र मरासिनीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा तिलका भुसाल जिसी, सचिवमा दिपक खनाल, सहसचिवमा खुमराज बन्जाडे, कोषाध्यक्षमा कृष्ण घिमिरे, सदस्यमा यमुना थापा, रुकमागत भट्टाराइर्, पार्बता अघिकारी, भोजराज चुदाली, विष्णु प्रसाद भुसाल र ४ जना केन्द्रिय प्रतिनिधि चयन गरेको छ । 

कार्यक्रम संस्थाका अध्यक्ष योगेन्द्र मरासिनीको अध्यक्षता, उमानाथ पन्थीको सञ्चालन, कोषाध्यक्ष कृष्ण घिमिरेको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।नवनिर्वाचित अध्यक्ष मरासिनीले आफुहरु पारा भेटेनरीको विकासको लागि क्रियाशिल भएर लाग्ने बताउनुभएको थियो ।