मुक्ति गैरे । पाल्पा । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पा अन्तर्गत रिब्दिकोट गाउँपालिकामा प्रथम तदर्थ समितिको विस्तारित भेलाले गाउँपालिका समिति गठन गरेको छ ।
सोमबार जिल्ला समिति सदस्य तथा गाउँपालिकामा इन्चार्ज आकाशको नेतृत्वमा १ जना थप गर्ने गरि १५ सदस्यीय गाउँपालिका स्तरीय समिति निर्माण गरेको छ ।
उक्त विस्तारित भेलाका अध्यक्ष आकाशले पार्टीको निति तथा कार्यक्रमलाई जनअनुमोदन भएको हुँदा स्थानीय फटाहा र दलाल र माफियाहरुको निन्द्रा हराम भएको बताएका छन् । उनले पार्टीले अगाडि सारेको वैज्ञानिक समाजवादी व्यवस्थाले सैद्धान्तिक विजय हासिल गरिसकेको र दलाल पुँजीवादी संसदीय व्यवस्था हारेको ज्वलन्त उदाहरण अहिलेको वर्तमान सत्ताको संचालनबाट प्रष्ट भएको बताए । उक्त भेलाको संचालन दीपले गरेका थिए ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्