पाल्पा । पाल्पा कारागारमा एक कैदीबन्दीले झुण्डिएर आत्महत्या गरेका छन् । कारागारको शौचालयमा झुण्डिएर किसान गुरुङले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
भिरकोट नगरपालिका–७ स्याङ्जाका ३० वर्षीय गुरुङले शौचालयको भेन्टिलेटरमा झुण्डिएर आत्महत्या गरेको पाल्पा कारागारकी प्रमुख भक्तिसरा रानाले जानकारी दिइन् । उनले चोरी मुद्दामा कारागारको सजाय भोग्दै आएका थिए । २०७६ साल जेठमा स्याङजा कारागारमा परेका गुरुङ २०७६ सालको माघमा पाल्पा कारागारमा ल्याइएको थियो ।
पाँच वर्षको लागि कारागारको सजाय भोग्दै आएका गुरुङको शव पोष्ट मार्टम गरि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
Tags :
सम्बन्धित खवर
कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एकजना पक्राउ
४ वर्ष अगाडि
नेकपा लमजुङ्गका इन्चार्ज आक्रोश सहित ६ जना रिहा
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्