पुष १४, कास्की । नेकपा लमजुङ्गका जिल्ला इन्चार्ज आक्रोशलगायतका छ जना आज छुटेका छन्। सर्बोच्च अदालतले उनीहरुलाई विभिन्न बहाना बनाएर फेरी गिरफ्तार गरिए अदालतको मानहानी मुद्दामा कारबाही गर्ने चेतावनी दिएपछि उनीहरु सर्बोच्च अदालतबाट रिहा भएका हुन्।
सर्बोच्च अदालतको आदेश बमोजिम छुट्ने ने.क.पा.का नेता तथा कार्यकर्ताहरुमा जिल्ला इन्चार्ज जंगबहादुर भण्डारी ‘आक्रोश’, जिल्ला सेक्रेटरी बिलबहादुर गुरुङ ‘गौरब’, जिल्ला सदस्यहरु रबिन्द्र नाखोला र नारायण बहादुर कुँवर तथा सर्वसाधारणहरु सुजन थापा र दुर्गालाल तामाङ रहेका छन्।
सर्बोच्च अदालतका माननीय न्यायाधिशहरु इश्वर प्रसाद खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलाशले उनीहरुलाई रिहा गर्न र विभिन्न बहाना गरी फेरी गिरफ्तार नगर्न चेतावनीयुक्त आदेश दिएको थियो। गिरफ्तार नेता तर्था कार्यकर्ताको पक्षबाट निरुता बिकले सर्बोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्बोच्च अदालाताको उक्त इजलाशले त्यस्तो चेतावनीयुक्त आदेश दिएको थियो।
सर्बोच अदालतको बाध्यकारी आदेश
उक्त बहशमा पिडितहरुको तर्फबाट बरिष्ठ अधिबक्ता एकराज भण्डारी, अधिवक्ताहरु कान्तिराम ढुंगाना, कपिल्चान्द्र पोख्रेल, सन्तोष कोइराला र राजु अधिकारीले बहस गरेका थिए भने सरकारको तर्फबाट उपन्याधिवाक्ता दशरथ पंगेनीले बहस गरेका थिए।
पार्टी सातौँ पुनर्गठन दिवस मनाउने तयारी गरिरहेको अवस्थामा पक्राउ परेका उनीहरुलाई पुष १ गते जिल्ला अदालत लमजुङले तोकेको धरौटी रकम बुझाएर रिहा भए लगत्तै प्रहरीले फेरी गिरफ्तार गरेर इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँमा लगेर अभद्र ब्यबहार मुद्दा अन्तर्गत कारबाही चलाएको थियो।
लमजुङ्गमा उनीहरुमध्ये जिल्ला सेक्रेटरी गौरबलाई जिल्ला अदालत लमजुङले २० हजार रुपियाँ धरौटी लिएर छाड्न भनेको थियो भने जिल्ला इन्चार्ज आक्रोश तथा जिल्ला सदस्यहरु रबिन्द्र नाखोला र नारायण बहादुर कुँवरलाई जनही सात-सात हजार रुपियाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो। सर्वसाधारण नागरिक भनिएका सुजन थापा र दुर्गालाल तामाङलाई अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको थियो।
प्रतिक्रिया राख्नुहोस्