दलित मुक्ति मोर्चा मकवानपुरको दोस्रो भेला

श्याम सेञ्चुरीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन

दलित मुक्ति मोर्चा मकवानपुरको दोस्रो भेला

मकवानपुर । दलित मुक्ति मोर्चा नेपाल मकवानपुरको दोस्रो भेला सम्पन्न भएको छ । बुधबार सम्पन्न भेलाले श्याम सेञ्चुरीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

कार्यक्रममा दलित मुक्ति मोर्चा नेपालको महासचिव रामलाल विश्वकर्माको प्रमुख आतिथ्य रहेको थियो भने नेकपा मकवानपुर जिल्ला इन्चार्ज राम घलान ‘वाटर’को विशेष आतिथ्य, जिल्ला सेक्रेटरी सुर्य अर्याल र धर्मराज विक लगायतको आतिथ्य रहेको बताइएको छ । उक्त भेला दलित मुक्ति मोर्चा मकवानपुरका जिल्ला संयोजक श्याम सेञ्चुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।