बुटवल । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय संगठन युवा संगठन नेपाल सिराहा–सप्तरीको प्रथम विस्तारित वैठक शुक्रवार सम्पन्न भएको छ ।
विस्तारित बैठकमा युवा संगठन नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक समिती सदस्य तथा प्रमुख अतिथि दिनेशले संकट ग्रस्त हुँदै गएको पुंजीवादी र दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद आजको आवश्यकता रहेको र त्यसका लागि नवजवान युवाहरु एकीकृत जनक्रान्तीमा सामेल हुनुपर्ने बताए । उनले मधेशको नाममा संसदवादी नेताहरुले जनतालाई जहिले पनि धोका दिएको र वास्तविक मधेशका उत्पीडित समुदायका समस्याहरू समाधान नगरेको भन्दै कडा संघर्ष गर्नुपर्ने बताए । उनले परिवर्तनकारी आन्दोलनमा विगतदेखि मधेशको महत्वपूर्ण भूमिका रहेको हुनाले थप एकीकृत जनक्रान्तिमा युवाहरुको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे ।
बैठकमा जिल्ला इन्चार्ज विशाल, ब्युरो सदस्य मिथिला ‘रेखा’, जिल्ला सचिव गणेश, युवा संगठन नेपाल जनकपुर ब्युरो इन्चार्ज क. विचारमान थिङ, अखिल ( क्रान्तिकारी ) केन्द्रिय सदस्य विकास लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको बताइएको छ ।
बैठकले राष्ट्रिय सम्मेलनका लागि जिल्ला सम्मेलन वैशाख २० गते भव्य रुपले गर्ने, प्रचार प्रसारका लागि भित्तेलेखन, मधेशी जनतामाथी लादिएका विभिन्न खालका उत्पीडन विरुद्ध संघर्ष गर्ने लगायतका महत्वपूर्ण निर्णयहरू गरेको छ ।
बैठकको अध्यक्षता तथा संचालन जिल्ला संयोजक कार्तिकले गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्