संक्षिप्तमा भीआई. लेनिन

महान लेनिन : वैज्ञानिक समाजवादी क्रान्तिका नायक

संक्षिप्तमा भीआई. लेनिन

विश्व सर्वहारा वर्गका शिक्षक, द्धन्द्धात्मक एवं ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणका प्रवर्तक, माक्र्सवाद–लेनिनवादका संस्थापक, अक्टोबर क्रान्तिका महान नेता भीआई लेनिनको जन्म अप्रिल २२, १८७० मा रुसको भोग्गा नदीको किनारामा भएको थियो । उहाँका पिता इल्या उल्यानोभ (निकोलायभिच) र आमा मारिया अलेक्सान्द्रभ्ना उल्यानोभ हुनुहुन्थ्यो । उहाँको विवाह नदेझ्दा क्रुप्सकायासँग भएको थियो । उहाँका पिता शिक्षक हुनुहुन्थ्यो र आमा रुसी साहित्यकी ज्ञाता हुनुहुन्थ्यो । उहाँका दाजु अलेक्जेन्डर होनहार विद्यार्थी हुनुहुन्थ्यो । उहाँले तीन सुवर्ण तक्मा हासिल गर्नुभएको थियो । लेनिनका दाजु अलेक्जेण्डर पिटरवर्ग विश्वविद्यालयको विद्यार्थी रहँदा जारशााही विरुद्ध क्रान्तिकारी सङ्घर्षमा राष्ट्रिय रुपमा सहभागी हुनुभयो । उहाँका दाजुलाई जोरशाहीले झुटा आरोप लगाइयो, सन् १८८७ मे महिनामा स्लिसेल्वर्ग किल्लामा फाँसी दिइयो । त्यसले लेनिनलाई ठूलो चोट पु¥यायो । 

भीआई लेनिनले माक्र्सवादको विकासमा क्रान्तिकारी योगदान गर्नुभयो । उहाँले अप्रिल २५, १८८७ मा हेगेलीय दर्शनको अध्ययन गर्नुभयो । उहाँले विद्यार्थी आन्दोलनको नेतृत्व गर्न थालेपछि सेन्टपिटर्सवर्ग विश्वविद्यालयबाट निस्कासित गरिनुभयो । माक्र्सवादी साहित्य, विधिशास्त्रको अध्ययनसँगै १८९२ मा वकिलमा भर्ना हुनुभयो । एसआई. राडचेन्कोले सङ्गठित गरेको सामाजिक जनवादी सङ्गठनमा सहभागी भएर “जनताका मित्र को हुन् र कसरी उनीहरु सामाजिक जनवादका लागी लड्छन् ?” शीर्षकको लेख लेखेपछि पक्राउ पर्नुभयो । साइबेरिया निर्वासनमा उहाँ तीन बर्ष रहनुभयो । त्यस अवधिमा ३० वटा महत्वपूर्ण कृतिहरु लेख्नुभयो । उहाँले गोप्यरुपमा गाउँका गरिब किसानहरुका पक्षमा वकालत गर्न थाल्नुभयो । सन् १९०० मा उहाँले अखिल रसियाली क्रान्तिकारी पत्रिकाको रुपमा इस्क्रा (फिलिङ्गो) पहिलो अङ्क प्रकाशन गर्नुभयो । त्यसपछि सैद्धान्तिक, वैचारिक र राजनीतिक लेखहरु लेख्नुभयो । त्यसपछि के गर्ने (१९०२), एक पाइला अघि, दुई पाइला पछि (१९०४), माक्र्सवाद र संशोधनवाद (१९०८), भौतिकवाद र आनुभाविक आलोचनावाद (१९०८), कार्ल माक्र्सीय शिक्षाको ऐतिहासिक लक्ष्य (१९१३), माक्र्सवादका तीन स्रोत र तीन सङ्घटक अङ्ग (१९१३), कार्लमाक्र्स (माक्र्सवादको व्याख्यासहित एक सङ्क्षिप्त जीवनी, १९१४), दार्शनिक नोटबुक (१९१४–१९१६), सर्वहारा क्रान्ति र गद्दार काउत्स्की (१९१८), ‘वामपन्थी’ साम्यवाद ः एक बालरोग (१९२०), फेरि एकपटक ट्रेड युनियन, वर्तमान परिस्थिति तथा साथी ट्राटस्की, बुखारिनका गल्तीबारे (१९२१) राज्य र क्रान्ति, साम्राज्यवाद पुँजीवादको चरम अवस्था (१९१६) इत्यादी पुस्तक प्रकाशित भयो । 

१९१४ मा विश्वयुद्ध सुरु भएपछि दोस्रो अन्तर्राष्ट्रियको नेतृत्वसँग तीव्र सैद्धान्तिक सङ्घर्ष गर्दै युद्ध समाप्त गर्नका लागी आ–आफ्ना सरकारविरुद्ध लड्नुपर्ने कुरामा जोड दिनुभयो । सन् १९१७ फेब्रुवरीमा महान अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गर्नुभयो । त्यसपछि विश्वभरका साम्राज्यवादीहरु मिलेर रुसमाथि आक्रमण गरे । समाजवादको निर्माणका लागि नयाँ आर्थिक नीति अगाडी सानुभयो । शत्रुको एकजना एजेन्टले उहाँमाथि गोली चलाउँदा घाइते हुनुभयो । घाइतेपछि अत्यन्त पीडा सहेर उहाँले तीनबर्षसम्म मृत्युसङ्घर्ष गर्नुप¥यो । उहाँ अन्ततः सन् १९२४ जनवरी २३ मा निधन भयो । 

-सुमन