Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
जनपत्रकार संगठन नेपाल डोटीको संयोजकमा थापा  - Janabato

जनपत्रकार संगठन नेपाल डोटीको संयोजकमा थापा 

जीवन थापाको संयोजकत्वमा ७ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन

जनपत्रकार संगठन नेपाल डोटीको संयोजकमा थापा 

गणेश एसके / डोटी : जनपत्रकार संगठन नेपाल डोटीको आयोजनामा सिलगढीमा बसेको बैठकले जीवन थापाको संयोजकत्वमा ७ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरेको छ । संगठनको आसन्न राष्ट्रिय सम्मेलनलाई लक्षित गर्दै बिहीबार बसेको बैठकले जिल्ला भेला आयोजक समिति गठन गरेको हो। 

उक्त बैठकमा नेकपा डोटी जिल्ला सेक्रेटरी बिमल धामीले पत्रकार भनेको समाजको सचेत वर्ग भएकाले समाजका हरेक विकृत र विसंगतिको विरुद्धमा बोल्नु र लेख्नु पर्ने बताए । 

जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा सेम ब्युरो संयोजक प्रकाश थापाले पत्रकारिता क्षेत्रमा देखिएको तमाम समस्याहरूको समाधान गर्न कलमको मोर्चाबाट कठोर संघर्ष गर्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा जिल्ला सदस्य कृष्ण बहादुर बोहरा, सुशिल मलासी, अखिल (क्रान्तिकारी) जिल्ला संयोजक प्रकाश कठायत, जिल्ला आयोजक समिति सदस्य दिपक भण्डारी लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको बताइएको छ ।

बैठकको अध्यक्षता तथा सञ्चालन जीवन थापाले गरेका थिए ।