Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
चिदिका–रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान - Janabato

चिदिका–रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान

५६ जनाले रक्तदान गरेको

चिदिका–रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान

तिलोत्तमा । अर्घाखाँचीको चिदिकाबाट रुपन्देही आइ बसोबास गर्नेहरुको संस्था चिदिका–रुपन्देही सम्पर्क समाजले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष केशवराज पन्थीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख दिपक ज्ञवालीले गरेका थिए ।

रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेको अध्यक्ष पन्थीले जानकारी दिए । त्यस अवसरमा प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख ज्ञवालीले रक्तदान जस्तो मानवीय कार्यलाई समाजले प्रत्येक वर्ष जारी राखेको भन्दै प्रशंसा व्यक्त गरे । उनले रचनात्मक क्रियाकलापमा समाजलाई सधै सक्रिय बनाइराख्न सुझाव दिए ।

कार्यक्रमका अवसरमा समाजका निवर्तमान अध्यक्ष इश्वरी ज्ञवाली, पुर्व अध्यक्ष पुरुषोत्तम अर्याल, सल्लाहकार अर्जुन ज्ञवाली, प्रेस सल्लाहकार लक्ष्मण पौडेल लगायतले कोरोना भाइरसको महामारीका बीच रगतको अभाव हुन नदिन समाजले रक्तदान कार्यक्रम गरेकोमा धन्यवाद दिएका थिए । रक्तदान गर्नेहरुलाई शनिबारै प्रमाणपत्र समेत प्रदान गरिएको थियो । समाजले बिरामीको उपचारका लागि सहयोग पु¥याउने उद्देश्यले एम्बुलेन्स समेत सञ्चालनमा ल्याइसकेको छ ।