बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैठक नै नबसी अन्त्य भएको छ। मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले आइतबार मध्यान्ह १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्।
मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनीहरुको आह्वानमा उक्त प्रस्ताव उपर छलफलका लागि विशेष अधिवेशन बोलाइएको थियो। अधिवेशन सुरु हुनुअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि उक्त अधिवेशनको औचित्य नभएको भन्दै प्रदेश प्रमुख यादवले आजै बैठक अन्त्यको आह्वान गरेका हुन्।
आज दिउँसो १ बजेका लागि विशेष अधिवेशन बोलाइएको थियो। उक्त बैठकमा मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव पेश गर्ने कार्यसूची थियो। प्रदेश प्रमुखले बैठक अन्त्य भएको जानकारी गराएकाले सूचना टाँस गरेर अधिवेशन अन्त्य भएको जानकारी दिएको सभामुख पूर्णबहादुर घर्तीले बताए।
सम्बन्धित खवर
गोरखाको बारपाकमा ३ जना मृत अवस्थामा फेला
नेकपा मकवानपुरको १७ औं पूर्ण बैठक सुरु
सुरक्षाको ग्यारेन्टी गर : अखिल (क्रान्तिकारी)
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्