सुरक्षाको ग्यारेन्टी  गर : अखिल (क्रान्तिकारी)

भट्टको बलात्कार पश्चात् हत्या गरिएको घटना विरुद्ध विरोध

सुरक्षाको ग्यारेन्टी  गर : अखिल (क्रान्तिकारी)

माघ २९, बुटवल । नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बर्दियाले भागिरथी भट्टको बलात्कार पश्चात् हत्या गरिएको घटना विरुद्ध विरोध प्रदर्शन गरेको छ । 

विप्लव निकट अखिल (क्रान्तिकारी) बर्दियाले बैतडी दोगडाकेदार – ७ की १७ बर्षिया छात्रा भागरथी भट्टको हत्याराको कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा भागरथी भट्टको बलात्कारी तथा हत्यारालाई पत्ता लगाई छिटोभन्दा छिटो कारबाही गर, भागरथीलाई न्याय दे, अखिलजिन्दावाद (क्रान्तिकारी), बलात्कारीलाई फासी दे, महिला दिदि बहिनीहरूको सुरक्षाको ग्यारेन्टी गर लगायतका नारा लगाइएको थियो ।

भागरथी भट्टको घटना निर्मला पन्त लगायतका बलात्कृत बालिकाको जस्तै अन्योलमा नराखी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ । वर्तमान राज्यव्यवस्था सामाजिक पूंजीवादीहरूले संचालन गरिरहेका छन । उक्त सत्तालाई जब सम्म राज्यव्यवस्था पूंजीवादीहरूले संचालन गरिरहन्छन तबसम्म यस्ता घटनाहरू दिनप्रतिदिन झन डरलाग्दो तरिकाले घट्दै जाने समेत बताएका छन् ।