व्यवस्थाबारे फैसला गर्ने अधिकार जनतालाई दिनुपर्छ : ‘विप्लव’

दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्नेबारे जनमत संग्रह हुनु पर्ने

व्यवस्थाबारे फैसला गर्ने अधिकार जनतालाई दिनुपर्छ : ‘विप्लव’

फागुन २७, बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुंजीवादी व्यवस्था वा वैज्ञानिक समाजवादी व्यवस्थाबारे फैसला गर्ने अधिकार जनतालाई दिनुपर्ने बताएका छन । 

महासचिव ‘विप्लव’ले सरकारसंग ३ बुदेँ सहमति भएर सार्वजनिक भएपछि रातो खबरलाई पहिलो अन्तरवार्ता दिँदै संसदीय पुंजीवादी व्यवस्था असफल भएको र आफ्नो यो विद्यमान संविधान र व्यवस्थालाई मानेर वार्तामा नआएको कुरा स्पष्ट पारेका छन् । विप्लवले ओली सरकारमा सहभागिताबारे आफ्नो पार्टीले सोच्दै नसोचेको कुरा समेत बताएका छन् ।

कुराकानीको क्रममा महासचिव विप्लवले नेपाल सरकारसँग वार्तामा आफ्नौं कयौं एजेण्डाहरु राख्न बाँकी रहेको कुरा बताउँदैं अहिले नैं आफ्नो पार्टीबारे गलत धारणा नबनाउन सबैमा अनुरोध गरेका छन् ।

यही व्यवस्था कि अर्को के भन्ने बहस चलिरहेको बेला नेकपा महासचिव विप्लवले यो दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्नेबारे जनमत संग्रह हुनु पर्ने बताए ।

एकीकृत जनक्रान्ति रोकिएको हो कि के हो भन्ने सोधिएको प्रश्नबारे महासचिव विप्लवले आफ्नो पार्टीले त्यसलाई नयाँ शिराबाट विकास गर्न खोजेको बताए ।