उत्सवको उपचारको लागि कोरियाबाट आर्थिक सहयोग

बुटवल । गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा नं. ३ ठूलो लुम्पेक (काहुले) निवासी प्रेमकला रास्कोटी र मानकाजी रास्कोटीको कान्छो छोरा उत्सव रास्कोटीको उपचारको लागि दक्षिण कोरियामा कार्यरत नेपाली दाजुभाईद्वारा आर्थिक सहयोग प्रदान भएको छ ।

मृगौला र निमोनिया रोगबाट ग्रसित उत्सवलाई थोरै भए पनि उपचारमा सहयोग पुगोस् भनेर दक्षिण कोरियामा कार्यरत लुम्पेकी दाजुभाईद्वारा सङ्कलित (कोरियन वन ४,००,००० = नेपाली रु. (४२,१,१९) रकम सहयोग गरेको लोकेन्द्र फौँजा मगरले बताए । 

सहयोगीदाताहरुको नामावली :

१)प्रेम थापा मगर (खाल्टी)                            ५०,००० कोरियन वन
२)जीत बहादुर श्रीस मगर (दाङसिङ्गा)            ५०,००० कोरियन वन
३)होमबहादुर फौँजा मगर (किल्दिप)              ५०,००० कोरियन वन
४)कमल थापा मगर (किल्दिप)                      ५०,००० कोरियन वन
५)गणेश कँुवर (कसिन्थला)                        ५०,००० कोरियन वन
६)यानेन्द्र राहादी मगर (अम्लाघर थुम्का)         ५०,००० कोरियन वन
७)सन्तोष सिङ्जाली मगर (ल्हाँचे)                 ५०,००० कोरियन वन
८)लोकेन्द्र फौँजा मगर (किल्दिप)                  ५०,००० कोरियन वन

साढे २ वर्षका उत्सवको अहिले कान्ति बाल अस्पताल काठमाडौँमा उपचार भईरहेको बताइएको छ  । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उत्सवको उपचारको लागि आर्थिक सहयोगमा जुट्न सम्पूर्णमा अपिल गरिएको छ । जसको लागि प्रेमकला रास्कोटी मगरको राष्ट्रिय वाणिज्य बैँक खाता नम्बर ३१६०१००००००६२०१२ रिडी शाखामा सहयोग गर्न सकिने बताइएको छ ।