गणेश एसके । महेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले समस्यामा परेका विद्यार्थीहरुको उद्दार गरेको छ । अखिल (क्रान्तिकारी) कञ्चनपुरका विद्यार्थी नेता प्रकाश जप्रेलको विशेष पहलमा पहाडी जिल्लाहरुमा घर भई कञ्चनपुर महेन्द्रनगरमा डेरागरि बस्ने विद्यार्थीको उद्दार गरेको बताइएको छ ।
अखिल (क्रान्तिकारी)का केन्दीय सदस्य तथा कञ्चनपुरका विद्यार्थी नेता जप्रेलले महामारीका बेला लकडाउनका कारण घर जान नसकेका विद्यार्थीलाई सम्बन्धित निकाय र सरोकार वालाहरुको सहकार्यमा ३० जना विद्यार्थीहरुलाई घर पठाइएको बताए ।
क्रान्तिकारी नेता जप्रेलले व्यक्ति एउटा राजनीतिकर्ता भईसकेपछि सके जतिको सहयोग गर्ने दायित्व रहेको बताए । जप्रेलले विगत देखि नै संगठन विद्यार्थीको हकहितको लागि सदैव तत्पर रहेको र सदैव रहने प्रतिबद्धता समेत व्यक्त गरे । अझै पनि समस्यामा परेका विद्यार्थीको उद्दार, राहत एव उपचारका लागि सरकारी निकायसंग संगठन सहकार्य गर्न तयार रहेको उनले बताए । लकडाउनका कारण समस्यामा रहेको बताउँदै विद्यार्थीहरूले आफूहरू घर जान पाउँदा खुसी एंव धन्यवाद व्यक्त गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्