नेकपा अछामद्वारा साउद परिवारप्रति समवेदना प्रकट 

जहरी साउदको असामयिक निधन

नेकपा अछामद्वारा साउद परिवारप्रति समवेदना प्रकट 

गणेश एसके / कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी अछामले पार्टी जिल्ला सदस्य जब्बर साउदका बुबा ढकारी गाउँपालिका–२ निवासी जहरी साउदको असामयिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छ । 

साउदको ६७ वर्षको उमेरमा निधन भएको विज्ञप्तिमा उल्लेख छ ।

सेक्रेटरी तपेन्द्र तिमिल्सेनाद्वारा जारी शोक वक्तव्य मा भनिएको छ ‘हाम्रो महान तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी अछामका पार्टी सदस्य क. जब्बर साउदका आदरणीय बुवा ढकारी गाउँपालिका–२ निवासी श्री जहरी साउदको ६७ वर्षको उमेरमा मिति २०७८÷०१÷२० गतेका दिन भएको असामयिक निधनले हाम्रो पार्टीलाई स्तब्ध तुल्याएको छ । आदरणीय बुवाप्रति भावपुर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोक शन्तृप्त परिवारजनहरुमा गहिरो सम्वेदना व्यक्त गर्दछौं ।’