आमाप्रति रातो सलाम !

–रमेश रावत ‘विक्रान्त’

इतिहास लेख्ने निर्माता
म कसरी व्याख्या गरुँ 
आज म तिम्रो बारेमा 
‘आमा’ भन्दामाथि
ठूलो कुनै जाती देखिन 
मेरो दृष्टिकोणमा
लेखिएको छैन
त्यो शब्दकोषमा 
त्यसैले आमा तिमी 
जीवन र जगतकी
सृष्टिकर्ता हौ।

छाडिदिनुस् ती
वीर पुरुषका कुरा
इतिहास पल्टाउँदा
तिम्रो काखबाट
पल्टाउने गरिन्छ 
‘आमा’ तिमी महावीर हौ 
महावीर आमाप्रति
रातो सलाम छ ।

पीडा पिएर जिउने
तिम्रो जिन्दगानीप्रति
रातो सलाम छ ‘आमा’
जन्माउदा श्वास दियौं 
मृत्यु हुँदा नाम दियौं 
श्वास र नामबीचको
यात्रा गर्ने जीवन दियौ
त्यहीँ जीवनका लागि 
सबथोक दियौं 
‘आमा’ तिम्रो
त्याग र उपकारप्रति
रातो सलाम छ ।

‘आमा’ तिमी 
जिन्दगीको
संरक्षणकर्ता हौ ।
जब मानवीय
इतिहास रहन्छ 
तबसम्म तिम्रो माया,
ममता र स्नेहको
प्राप्ति हुनेछ
त्यसैले आमा तिम्रो 
गौरवप्रति रातो सलाम छ ।
आमाप्रति रातो सलाम छ ।