रूपा बुढा मगर
तोड दासताको बन्धन
बोल बन्दुकका भाषा
लगाउ निशाना तिमीलाई
चुस्न निस्केका प्यूँषाहरूलाई
गर शसक्त प्रतिकार
ल्याइदेऊ मठिङ्गल भित्र हलचल
फेरि त्यो कार्य दोहो¥याउन आँट नगर्ने गरि
तिम्रो बाटो अवरोध गर्नेहरू विरुद्ध
तिम्रो समवेदनामा रमाउन पल्केका
गल्लीका भुसिया कुकुरहरू विरुद्ध
जारी गर फर्मानहरू
त्यो समय हुनसक्छ
अनेक जाल, झेल, षड्यन्त्र
तिमीलाई कमजोर बनाउन
प्रयोग हुनेछ, हर किसिमको अस्त्र
अदालतलाई, तिम्रो चित्कार, तिम्रो पिडा
र तिम्रो वेदना भन्दा
झुट नै बलियो सबुत बन्नेछ
किनकी उसको कब्जामा
सत्ता र शक्ति दुवै छ
त्यसैले हिम्मत गर, साहस बटुल
उत्र प्रतिकारमा
झुटको क्याम्पमा धावा बोल्न
हावाको वेगसरी एउटै झोक्कामा
उडाउन दुश्मनका टे«न्चहरू
आजै देखि वनविज्ञ
आणविक हतियार र मिसाईलको
पुनः निर्मला,सम्झना नदोहोरिने गरी
तोड दासताको बन्धन
उन्मुक्त हावामा कावा खेल्दै
माथि–माथि गगन चुम्ने पन्छी जसरी
स्वतन्त्रताको बिगुल फुक्दै
सत्ता र शक्तिको चरित्र
उदाङ्गो पार्ने महाअभियानमा ।
०००
लालदिशा पत्रिकाबाट
प्रतिक्रिया राख्नुहोस्