अर्घाखाँची । मङ्गलबार अर्घाखाँचीमा ४९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने ८२ जना सङ्क्रमणमुक्त भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भुमिकास्थान–४ का ८९ वर्षीय पुरुष, शीतगंगा–४ का ४६ वर्षीय पुरुष र पाणिनी–५ का ५६ वर्षीय पुरुष रहेका छन् ।
भूमिकास्थान र शीतगंगाका पुरुषको जिल्ला अस्पताल अर्घाखाँचीमा निधन भएको हो भने पाणिनी–५ का ५६ वर्षीय पुरुषको भिम अस्पताल भैरहवामा निधन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अर्घाखाँचीमा सक्रिय कोरोना संक्रमितको संख्या ७१९ छ भने मृतकको संख्या ५१ पुगेको छ ।
Tags :
सम्बन्धित खवर
कोरोना संक्रमणबाट ५ जनाको मृत्यु
५ वर्ष अगाडि
विदेशमा करिब ५० हजार नेपाली कोरोनाबाट प्रभावित
५ वर्ष अगाडि
बुधवार १ सय २५ जना कोरोना संक्रमित
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्