Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा द्वीप प्रज्वलन - Janabato

अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा द्वीप प्रज्वलन

प्रज्वल शाही लगायत एकिकृत जनक्रान्तिका महान सहिदहरूको सम्झनामा

अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा द्वीप प्रज्वलन

अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीले सहिद प्रज्वल शाही लगायत एकिकृत जनक्रान्तिका महान सहिदहरूको सम्झनामा द्वीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । 

बुधबार जिल्लाको सदरमुकाम सन्धिखर्कमा संगठनका तत्कालिन केन्द्रीय सदस्य प्रज्वल शाही लगायत महान सहिदहरूको स्मृतिमा द्वीप प्रज्वलन आयोजना गरिएको संगठनका जिल्ला सचिव गिरिजा खड्काले जानकारी दिए ।   

कार्यक्रममा संगठनका जिल्ला इन्चार्जं नवीन खड्काले नेपालको विद्यार्थी आन्दोलन र वर्गिय आन्दोलनमा सहिदहरूले बगाएको रगतको उच्च मुल्यांकन हुने बताए । इन्चार्ज खड्काले संगठनका केन्द्रीय सदस्य लगायत एकिकृत जनक्रान्तिका १२ जना सहिदले देखाएको बाटोर सपनामा कति पनि विचलित नभई निरन्तर क्रान्तिमा लामबद्ध हुने र वैज्ञानिक समाजवाद ल्याएरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उक्त कार्यक्रमको सञ्चालन जिल्ला उपाध्यक्ष पदम नेपालीले गरेका थिए ।