बुटवल । जोर्डनसँग नेपालले अहिलेसम्म ३ खेल खेलेको छ । जसमध्ये दुई खेल जोर्डनले जित्दा एक खेल बराबरीमा सकिएको थियो । सन् २०१४ को विश्वकप फुटबल छनोट अन्तर्गत २०११ मा भएको दुई लेगको खेलमा एक खेल जोर्डनले जित्दा अर्को खेल बराबरीमा सकिएको थियो ।
२०११ जुलाई २३ मा जोर्डनको मैदानमा भएको खेलमा नेपाल ९–० ले पराजित भएको थियो ।
तर त्यसको पाँच दिनपछि भरत खवासको गोलमा दशरथ रंगशालामा नेपालले जोर्डनसँग १–१ को बराबरी खेलेको थियो । त्यो दुवै खेलमा पूरै समय खेलेका गोलकिपर किरण चेम्जोङ मात्र अहिले नेपाली टिममा छन् ।
२०२२ को विश्वकप छनोट अन्तर्गत जोर्डनको अम्मानमा भएको खेलमा नेपाल ३–० ले पराजित भएको थियो ।
जोर्डनसँग हेड टु हेड
खेल : ३
जोर्डन जित : २
नेपाल जित :०
बराबरी : १
विश्वकप छनोट २०११ जुलाई : नेपाल ९–० ले पराजित
विश्वकप छनोट २०१९ जुलाई : १–१ को बराबरी
गोलकर्ता : भरत खवास
विश्वकप छनोट २०२१ अक्टोबर : नेपाल ३–० ले पराजित
सम्बन्धित खवर
लिसेस्टरको हारले चेल्सीलाई च्याम्पियन्स लिगमा मौका
ताइपेईमाथि दोहोरो जित
रुपन्देही सुपर लिगको उपाधि वेष्टर्नलाई
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्